Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गुणाकरलाई रोक्न सके एमालेबाट आफु र कांग्रेसकै भागमा पर्दा काका ज्ञानेन्द्रलाई गभर्नर बनाउने दाउमा निलम

गुणाकरलाई रोक्न सके एमालेबाट आफु र कांग्रेसकै भागमा पर्दा काका ज्ञानेन्द्रलाई गभर्नर बनाउने दाउमा निलम


  • 7.4K
    Shares

    • images
    गुणाकरलाई रोक्न सके एमालेबाट आफु र कांग्रेसकै भागमा पर्दा काका ज्ञानेन्द्रलाई गभर्नर बनाउने दाउमा निलम

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति पेचिलो बन्दै जाँदा सत्तारूढ दल नेपाली कांग्रेसले विकल्पका बारेमा छलफल थालेको छ । कांग्रेसको पहिलो रोजाइका रुपमा हेरिएका डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा विकल्प अघिसार्ने तयारी भएको हो ।

    शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरुबीचको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ विकल्प दिने संकेत गरेका थिए । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलन ढुंगाना तिम्सिनाका कारण गभर्नर नियुक्ति ढिला भएको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली वा दुई दलबीच कुरा नमिलेकाले गभर्नर नियुक्त हुन नसकेको हल्लाहरुमा सत्यता नभएको उनले नेताहरुलाई बताए ।

    तीन दिनअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए । ‘अहिले एमालेसँग हाम्रो गठबन्धन छ । गठबन्धनमा केपी ओलीले कुनै समस्या सिर्जना गर्नु भएको छैन । गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या होइन, राष्ट्र बैंकभित्रै आएको समस्या हो,’ देउवाले भनेका थिए, ‘हामीले भनेको उम्मेदवारका लागि गाह्रो भइरहेको छ । उहाँ(केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । उहाँले सहयोग गर्नु भएको छ ।’

    कामु गभर्नर ढुंगानाले गुणाकर भट्टको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडान राखेकी छन् । भट्टको राजीनामा स्वीकृत नभएर अर्का योग्यलाई अघि सार्ने तयारी रहेको उनको दाबी छ ।

    ‘एक–दुई दिनमै भट्टजीको राजीनामा स्वीकृत नभए अर्कै योग्य व्यक्ति छानेर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी छ,’ उनले भने,’ गभर्नरका विषयमा प्रधानमन्त्रीसँग कांग्रेसले लिने गरि सहमति भइसकेको छ । प्राविधिक रुपमा समस्या हुने भयो भने भनेर कसरी अघि बढ्ने भन्ने विभिन्न विकल्पमा छलफल भएको हो ।’

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन समेत अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले वैशाख ५ मै दिएको राजीनामा स्वीकृत गरेकी छैनन् ।

    केही समयअघि अर्थमन्त्री विष्णु पौडेलले पनि कामु गभर्नर नीलमलाई भट्टको राजीनामा स्वीकृत गर्न भनेका थिए । कामु गभर्नर नीलमले आफ्नो हातले गुणाकरको राजीनामा स्वीकृत गर्नै नसक्ने बताइरहँदा गुणाकरलाई रोक्न सकेको खण्डमा आफू नभए पनि कांग्रेसकै भागमा पर्दा आफ्ना काका ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्नसक्ने आँकलन गरेर अडान कायमै राखेकी स्रोत बताउँछ ।

    नबिल बैंकबाट राजीनामा दिएर ज्ञानेन्द्र गभर्नर बन्ने प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका छन् भने देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्रको कुरा गरिरहेकी छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - २०:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij