Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भारत पाकिस्तान तनाव

भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह


  • 1.2K
    Shares

    भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

    काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।

    सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको  छ ।

    साथै कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १७:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij