Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित

भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित


  • 1.6K
    Shares

    • images
    भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित

     काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् ।

    एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् ।

    भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ ।

    विगतमा पनि दुई देशबीच तनाव हुँदा तथा युद्धको समयमा सीमाबासी सबैभन्दा धेरै प्रभावित हुँदै आएका थिए । गोलाबारीमा परेर मानवीय तथा भौतिक क्षति ब्यहोर्नु पर्ने समस्या भोग्दै आएकाहरू कर्फ्यु, विद्यालय, अस्पताल तथा बजार बन्दको मार खोप्दै आएका छन् ।

    पहलगाममा २६ पर्यटकको बर्बर हत्याको घटनालाई पाकिस्तानसँग जोड्दै भारतले ७ मेको मध्यरात पाकिस्तानका विभिन्न नौ स्थानमा आक्रमण गरेको थियो । त्यसयता दुवैतर्फबाट गोलाबारी बढेको छ । भारतले ७४० किलोमिटर लामो एलओसीमा पाकिस्तानले लगातार संघर्षविरामको उल्लंघन गरिरहेको दावी गरेको छ ।

    त्यसयता पाकिस्तानले गरेको आक्रमणमा परेर १६ भारतीयको ज्यान गएको तथा ५९ घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मारिनेमा महिला, बालबालिका तथा उकजना भारतीय सेनाका लेस नायक दिनेशकुमार पनि छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १६:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij