२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने भएको छ।
वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम पेस गरेका थिए।
नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएकाले सत्तारुढ दल नेकपा एमालेले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाएको मुख्य सचेतक महेश बर्तौलाले बताए।
नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधि सभामा छलफल जारी छ। आइतबार सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिएर निर्णयार्थ पेस गर्ने कार्यसूची छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij