Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग

पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग


  • 1.2K
    Shares

    • images
    पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग

    काठमाडौं । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् । 

    परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् । 

    ुविगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । 

    पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्, उनको पत्रमा लेखिएको छ । 

    उनले पत्रमार्फत प्रश्न गरेकी छिन्– ुविद्यार्थीको उद्धार सम्बन्धी मन्त्रालयले के कस्तो योजना बनाएको छ रु इजरायलमा जस्तै चार्टर्ड फ्लाईट गरिन्छ भने, कुन अवस्थामा गरिनेछ रु यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्नेखानेको व्यवस्था आदि तैयारी के कस्तो हुनेछ 

    छिमेकी मुलुक भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा त्यहाँका विद्यार्थीको विवरण राखेर  सरकारका योजनाहरू के कस्ता छन्, त्यसबारे समेत जानकारी उपलब्ध गराइदिन श्रेष्ठले आग्रह गरेकी छिन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १२:०२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij