Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एन्फा साधारणसभा

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि बाहिर लफडा

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि बाहिर लफडा


  • 1.7K
    Shares

    एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि बाहिर लफडा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ ।

    धुलिखेल स्थित साधारणसभा स्थलबाहिर उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।आज एन्फाको साधारणसभामा भाग लिन गएका थापालाई गेटमा रोकिएको थियो ।

    अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिइसकेको छ । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि रोकिएपछि थापा आक्रोशित बनेका थिए । उनीसँगै छोरा गौरव थापालाई पनि विनाकारण रोकिएको छ ।

    यसैबीच, थापाले साधारणसभामा सहभागी हुन आएका खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् । आफूले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै उनले ज्ञापनपत्र दिएका हुन् ।

    थापाले एन्फाका पदाधिकारीहरुसँग कुरा गर्न खोजिरहेका छन् । तर, अध्यक्ष पंकजविक्रम नेम्वाङसहित कुनै पनि पदाधिकारी उनीसँग संवाद गर्न तयार छैनन् । उनीहरु सबै थापाभन्दा पहिल्यै साधारणसभामा छिरेका थिए । गेटमा लफडा भइरहँदा पनि कोही बाहिर निस्किएनन् ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ११:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij