Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतमा स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था र विमानस्थलहरु बन्द

भारतमा स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था र विमानस्थलहरु बन्द


  • 5.5K
    Shares

    • images
    भारतमा स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था र विमानस्थलहरु बन्द
    images

    काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।

    यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ । साथै भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ ।

    भारत-पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ ।

    निगरानीका लागि ९ वटा चेकिङ बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावरलाई सक्रिय बनाइएको छ ।

    ताजमहल वरपरका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र ताजगञ्ज थानाको प्रहरीले आगन्तुकहरूमाथि सोधपुछ र जाँच गर्ने गरेका छन् । आवतजावत गर्नेहरूको विवरण समेत संकलन गरिएको ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले बताए । उनले भनेका छन्, ‘ताजमहलको सुरक्षा थप बलियो पारिएको छ ।’

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ०३:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij