Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण पुष्टि


  • 6.5K
    Shares

    काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण  पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४० महिला र २९० पुरुष गरी ५३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

    यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १६:२२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij