Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोला खानेपानी आयोजना उद्घाटन

गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोला खानेपानी आयोजना उद्घाटन


  • 1.4K
    Shares

    • images
    गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोला खानेपानी आयोजना उद्घाटन

    काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ माछीखोलाको ‘माछीखोला खानेपानी आयोजना’ उद्घाटन गरिएको  छ ।

    संविधान सभा सदस्य तथा पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको उपस्थितिमा गत सोमबार ‘माछीखोला खानेपानी आयोजना’ उद्घाटन गरिएको हो । पालिकाको वडा नं ५ माछीखोलामा एक घर एक धारा कार्यक्रम अन्तर्गत उक्त योजना सम्पन्न भएको पालिका उपाध्यक्ष सुनिला गुरुङले बताईन् ।

    संघ सरकारको दुई करोड २८ लाख ९३ हजारमा दिपज्योती ए वान जेभीले माछीखोला खानेपानी आयोजना निर्माण गरेको हो ।

    धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता एवं संविधान सभा सदस्य तथा पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष सुनिला गुरुङको विशेष उपस्थिति रहेको थियो ।

    उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, पालिकाका कर्मचारी,स्थायिन लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १७:३०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij