२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ डुङ्गा पल्टिदा ६ भारतीय सहित ७ जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।
एउटा बोटमा ६ जना, अर्कोमा १ जना थिए । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक डुबेका हुन् ।
सबैको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टीमले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij