Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना


  • 659
    Shares

    • images
    बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ ।

    अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो । 

    कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ । 

    महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए । 

    अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।

     

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १५:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij