Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कर्मचारी र व्यवसायीलाई कुट्ने पोखराका वडाध्यक्षलाई तीन दिन हिरासतमा राख्न अनुमति

कर्मचारी र व्यवसायीलाई कुट्ने पोखराका वडाध्यक्षलाई तीन दिन हिरासतमा राख्न अनुमति


  • 2.1K
    Shares

    • images
    कर्मचारी र व्यवसायीलाई कुट्ने पोखराका वडाध्यक्षलाई तीन दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं ।  कर्मचारी र व्यवसायीलाई हातपात गरेर पक्राउ परेका पोखरा महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन म्याद थप गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा वडाध्यक्ष पराजुलीलाई ३ दिन म्याद थप गरिएको हो । बुधबार पक्राउ परेका पराजुलीको म्याद शुक्रबार सकिनेछ ।

    वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए । यस्तै, सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए ।

    सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १५:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij