Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेका आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेका आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर


  • 2.0K
    Shares

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेका आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर

    काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोकमा करारमा कार्यरत सुमन खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

    खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनले ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी लाभ र सुविधा लिएको आरोप अख्तियारको छ ।

    उनीविरुद्ध ६ महिनादेखि एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म बिगो मागदाबी गरिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १५:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij