Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१२.६० अंकले घट्यो नप्से, साढे ११ अर्बभन्दा बढीको सेयर किनबेच

१२.६० अंकले घट्यो नप्से, साढे ११ अर्बभन्दा बढीको सेयर किनबेच


  • 2.5K
    Shares

    १२.६० अंकले घट्यो नप्से, साढे ११ अर्बभन्दा बढीको सेयर किनबेच

    काठमाडौं । सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च सुधार रहेको बजार आज करेक्सन (सुधार) को बाटोमा गएको हो । 

    आज परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंकमा पुगेको हो । बुधबार शेयर बजार परिसूचक ६३ अंकले बढेको थियो । यसरी बजार बढ्नुमा राजनीतिक स्थायित्व र राष्ट्र बैंकको गभर्नर नियुक्तिको संकेतलाई लिइएको थियो ।

    सत्ता साझेदार दल काँग्रेसले आफूले भनेको उम्मेदवारलाई गभर्नर नियुक्ति गर्ने वातावरण बनाउन शुक्रबारसम्मको समय दिएको छ । तर, आजसम्म गभर्नर नियुक्तिको हुन सकेको छैन । 

    आज बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो । 

    आज बजारमा १५० कम्पनीको मूल्य घटेको छ भने ९६ कम्पनीको मूल्य बढेको छ । फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । आन ६ वटा समूहको परिसूचक बढ्दा ७ वटाको बढेको देखिन्छ । 

    images
    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १४:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij