Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलन

राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन

राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन


  • 1.2K
    Shares

    • images
    राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताएका छन् ।

    राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताए । 

    लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे ।

    लिङ्देनले पनि थापाले जस्तै आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गरे ।  ‘देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानुपर्यो । जबकि राजादेखि सबै शक्ति अटाउन सकोस्’, लिङ्देनले आफूहरुको प्रस्तावलाई नस्वीकारी गणतन्त्र पक्षधरले दमनको बाटो बढारिने चेतावनी दिए । 

    ‘अब बल सरकारको कोर्टमा छ । तपाईंहरु के चाहानुहुन्छ । देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो’, उनले भने, ‘जनता कति उपस्थित छन् ?’ उनले दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह समेत गरे । उनले राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको भन्दै उन्नत मुलुकमा राजतन्त्र रहेको बताए ।

    लिङ्देनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगका रुपमा अघि बढ्ने घोषणा समेत गरे ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १४:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij