Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पत्रकार सम्मेलन

राजसंस्था र हिन्दु राष्ट्र स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

राजसंस्था र हिन्दु राष्ट्र स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा


  • 960
    Shares

    • images
    राजसंस्था र हिन्दु राष्ट्र स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ । राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।

    ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ’, थापाले भने, ‘हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन ।’

    उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै उनले हिन्दु राष्ट्रको पुनस्स्थापना गरी आर्थिक सुशासन कायम गने दाबी समेत गरे । कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट आनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १३:३७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij