२०८२ चैत्र २ गते सोमवार
गोरखा । बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले बैशाख २८ गते सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै पालिकाले पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने जनाएको छ ।
पालिकाको गत बैशाख २२ गते बसेको गाउँकार्यपालिका बैठकले बुद्ध जयन्तीको अघिल्लो दिन बैशाख शुक्ल चतुर्दशीमा बिदा दिने निर्णय गरेको थियो । प्रत्येक वर्ष बैशाख शुक्ल चतुर्दशीको अवसरमा धार्चेमा पुर्खा रपितृहरुको सम्झनामा पितृ तथा कुलको पुजाआजा गर्ने, घाटु नाच्ने, इष्टमित्र भेटघाट गर्ने, खुसियाली आदनप्रदान तथा भाइचारा बाड्ने गतिविधिहरु हुने गर्दछ ।
यो वर्ष पनि प्रचलित परम्परा अनुसार धुमधामका साथ पर्व मनाउने उदेश्यले पालिकाभर सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij