२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij