२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो।
तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो। भ्यानले बा प्र ०२-०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो। भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएकोजिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
मोटरसाइकल चालक रामेछाप दोलम्बा- ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ। ईभी भ्यान चालक काभ्रे मण्डनदेवपुर-१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकर गापा घर हुने वर्ष २४ की मेनुका बुढाथोकी घाइते भएका छन्। प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ।
बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले नियन्त् र ईभी र मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij