२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जानकारी दिएको छ ।
राष्ट्रिय किताव खानाले सोधेको प्रश्नमा शिक्षा मन्त्रालयले बिरामी बिदाको बेला सार्वजनिक बिदा परेको खण्डमा बिरामी बिदामा गणना हुने स्प्रष्ट पारेको छ। किताव खानाले उक्त विषयमा आवश्यक निर्देशन माग गरी पत्र पठाएको थियो भने त्यसको जवाफमा सचिव स्तरीय निर्णय गरेर बिरामी बिदामा गणना हुने स्प्रष्ट पारेको हो ।
विद्यालयमा कार्यरत शिक्षकहरूको बिरामी बिदा स्वीकृत गरी बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त सार्वजनिक बिदाको दिनहरू पनि बिरामी बिदामा गणना गर्ने वा नगर्ने भनेर शिक्षा मन्त्रालयलाई सोधेको थियो । जवाफमा बिरामी बिदा बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त बिदा समेत बिरामी बिदामा गणना गर्नुपर्ने छ ।
किताव खानाका सूचना अधिकारी सेमन्त गौतमले बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा के हुने भन्ने विषयमा धेरै पालिकाबाट प्रश्न आएपछि मन्त्रालयसँग आवश्यक निर्देशन माग गरिएको बताएका छन् । शुक्रबारदेखि आइतबारसम्म बिरामी बिदा मागेको खण्डमा शनिवार समेत गरेर तीन दिन गणना हुने भएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij