Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निरन्तर सुस्ताएको बजारमा आज भने आयो उछाल, १० अर्बभन्दा बढीको कारोबार

निरन्तर सुस्ताएको बजारमा आज भने आयो उछाल, १० अर्बभन्दा बढीको कारोबार


  • 1.9K
    Shares

    निरन्तर सुस्ताएको बजारमा आज भने आयो उछाल,   १० अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । निरन्तर सुस्ताएको बजारमा आज भने उछाल आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक अर्थात् ६२.२५ अंकले बढेर नेप्से परिसूचक २६७३.६९ बिन्दुमा उक्लिएको छ । 

    आजको  दिन १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ भने कारोबार अवधिभर ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

    १३ उपसूचकमा १३ वटै सूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको सेयर मूल्य २.८० प्रतिशत, विकास बैंक समूहमा २।५९ प्रतिशत, फाइनान्स समूहमा ५.५५ प्रतिशत, जलविद्युत् समूहमा ३।१३ प्रतिशत र लगानी समूहमा ०.९६ प्रतिशतको वृद्धि भएको छ ।

    जीवन बिमा समूह सूचकमा २.५४ प्रतिशत, उत्पादन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा २.२२ प्रतिशत, निर्जीवन बिमा समूहमा २.७७ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा ०.५४ प्रतिशतको वृद्धि भएको छ ।

    २२७ कम्पनीको २२७ कम्पनीको मूल्य बढेका छन् भने १८ कम्पनीको मूल्य घटेका छन् ।

    24.JPG

     

    242.JPG

    images
    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १४:३२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij