Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन प्रधानमन्त्री ओलीको आग्रह

अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन प्रधानमन्त्री ओलीको आग्रह


  • 2.0K
    Shares

    अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका  छन् । 

    बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन । उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाष प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । 

    नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ  रहेको छ । उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन आग्रह गरे । उनले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्ने नहुने भन्दै हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १३:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij