२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। सबैला नगरपालिका ठिल्लास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको छ।
दुर्घटनामा १८ वर्षीय अमन राय र १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij