Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु


  • 1.2K
    Shares

    • images
    मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

    काठमाडौं । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

    इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहानसम्म पनि घर नआएपछि खोजी गरिएको थियो । गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको समयमा भीरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठसहित अस्थायी प्रहरी पोस्ट मार्खु र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हाल मृतकको शव निकाल्ने पहल भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १२:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij