Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प

वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प


  • 1.3K
    Shares

    • images
    वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि  पोखरा महानगरको कामकाज ठप्प

    काठमाडौं । पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।

    सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् ।  व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।

    व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे । मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ ।

    महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए । 

    स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् । 

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १२:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij