Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

भारत-पाकिस्तान तनावका बेला नेपाल सरकारले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद

भारत-पाकिस्तान तनावका बेला नेपाल सरकारले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद


  • 1.6K
    Shares

    • images
    भारत-पाकिस्तान तनावका बेला नेपाल सरकारले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोधगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् । 

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन् । 

    ‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ साउदले भने ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले भारतको जम्मु–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्याको प्रति दुःख व्यक्त गरे ।

    ‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्,’ उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’ 

    छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको प्रति असन्तोष व्यक्त गरे । 

    ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो,’ नेता साउदले भने ।

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ११:४९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij