२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हुन्डीको ४० लाख ३२ हजार पाँचसय रुपैयाँसहित एक नेपाली र एक भारतीय पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।
उनीहरुको साथबाट ४० लाख ३२ हजार पाँचसय रुपैयाँ नगद, २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij