Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 1.2K
    Shares

    • images
    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

    त्यस्तै साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । 

    बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल सम्बन्धमा हुनेछ ।  

     

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ०९:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij