२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई दर्ता गर्दा अब दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ।
माइक्रोचिपिङ प्रक्रिया लागू गरिएको यस नयाँ नियम अनुसार विदेशी प्रजातिका कुकुरको पहिचान गराई पश्चात वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ।
महानगरको ३६औं नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ अनुसार पाना नं. ८१ र ८६ मा उल्लेख भएअनुसार विदेशी कुकुरका लागि यो शुल्क तोकिएको हो। स्थानीय प्रजातिका कुकुरको हकमा भने निःशुल्क दर्ता व्यवस्था यथावत रहेको जनाइएको छ।
महानगरले २०८१ चैत २० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कुकुर तथा बिरालोलाई माइक्रोचिपिङ गराई मात्र पाल्न र विक्री वितरण गर्न आग्रह गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij