२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उदयपुरको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगा नदीमा आएको बाढीले बगाएको हो ।
प्रिमनसुन अवधि भन्नाले मार्च, अप्रिल र मे महिनालाई बुझाउँछ । नेपालमा प्रिमनसुन अवधिमा ९० देखि ११० मिलिमिटरसम्म वर्षा हुनुलाई सरदर मानिन्छ । तर आजसम्मको अवधिमा १०७.५ मिलिमिटरसम्म वर्षा भएको छ ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।
उनले खबरसेन्टरलाई भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्याएर फर्कने क्रममा बीच नदीमै फस्यो।’
असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान-बेल्टार रूटमा चल्ने गरेको असई मेहताले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij