Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने


  • 1.4K
    Shares

    • images
    रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने

    काठमाडौं । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् ।

    आजको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री  लेखकले २५ गते प्रतिनिधिसभामा जानकारी दिने मौखिक जानकारी आएको बताए । 

    आजको बैठकमा आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले जवाफ दिने समयको निश्चित नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताएका थिए । संसदमा उनीहरू बोलेको सुनिन्थ्यो तर सभामुखले उनीहरूलाई बोल्न माइक भने दिएनन् । 

    विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन्। 009उनीहरू उठेपछि सभामुख घिमिरेले आकस्मिक तथा शून्य समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १३:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij