Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नारायणघाट-बुटवल सडक अवरुद्ध

नारायणघाट-बुटवल सडक अवरुद्ध


  • 1.5K
    Shares

    • images
    नारायणघाट-बुटवल सडक अवरुद्ध

    काठमाडौं ।  नारायणघाट- बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका-२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए ।

    बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ । राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।

    आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।डकको दाउन्ने खण्ड अवरुद्ध

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ११:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij