Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजको मौसम

आज कोसी, मधेस र बागमती प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

आज कोसी, मधेस र बागमती प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा


  • 1.3K
    Shares

    आज कोसी, मधेस र बागमती प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

    आज (मंगलबार) बिहान कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसीको झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लामा गएराति र मंगलबार बिहान वर्षा भएको हो।

    त्यसैगरि मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र बागमतीको सिन्धुली लगायतका जिल्लामा पनि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा अहिले पनि मेघ गर्जन र चट्याङसहित पानी परिरहेको छ। 

    साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पनि एकदुई स्थानमा अहिले मेघ गर्जन चलिरहेको महाशाखाले जनाएको छ। यो पानी पर्ने प्रणाली उत्तरपूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ। 

    गएराति काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ। आज पनि धेरै जिल्लामा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

    मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ०७:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij