Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एसईई दिएर बसेका दुई किशोरको पौडी खेल्ने क्रममा ज्यान गयो

एसईई दिएर बसेका दुई किशोरको पौडी खेल्ने क्रममा ज्यान गयो


  • 2.5K
    Shares

    एसईई दिएर बसेका दुई किशोरको पौडी खेल्ने क्रममा ज्यान गयो

    काठमाडौं । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ किशोरको मृत्यु भएको छ ।

    गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं. ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् । दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए ।

    उनीहरु डुबेको केही समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनीहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए ।मृतक पाठक र पन्त दुवैजना एसईई परीक्षा सकेर घरमै बस्दै आएका थिए ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १७:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij