Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीले फसेका ८ जनाको उद्धार

फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीले फसेका ८ जनाको उद्धार


  • 1.8K
    Shares

    • images
    फेवातालमा  बोटिङ गर्ने क्रममा हावाहुरीले फसेका ८ जनाको उद्धार

    काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । ड‌ुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए ।

    एउटा डुंगा  तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ ।

    डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए । अहिले पोखरामा हावाहुरीसहित पानी परिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १६:३५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij