२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पोखरा– पौडी खेल्ने क्रममा सेती नदीमा डबुेर वेपत्ता युवकको शव निकालिएको छ। पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा वेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो।
१८ वर्षीय युवराज विक सोमबार दिउँसो २ बजेतिर सेतीमा डुबेर बेपत्ता भएका थिए। बागलुङको निसीखोला गाउँपालिका–३ घर भई पोखराको मझेरीपाटनमा बस्ने युवराज नदीमा डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीको टोली उद्धारमा खटिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले १८ फिट गहिराइबाट शव निकालेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij