Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्युत् सर्ट भएर बैतडीको एक घरमा आगलागी, १३ लाख बराबरको क्षति

विद्युत् सर्ट भएर बैतडीको एक घरमा आगलागी, १३ लाख बराबरको क्षति


  • 1.6K
    Shares

    विद्युत् सर्ट भएर बैतडीको एक घरमा आगलागी,  १३ लाख बराबरको क्षति

    काठमाडौं । विद्युत् सर्ट भएर बैतडीको एक घरमा आगलागी भएको छ ।बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन् ।

    आज बिहान ८ः ३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको छ । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडा लगायत सामग्री जलेर नष्ट भएका भएको छ।  
     
    प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।  
     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १४:०१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij