Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पढ्न मन लागेपछि उमेरले नछेक्ने, ४२ वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

पढ्न मन लागेपछि उमेरले नछेक्ने, ४२ वर्षकी तिलमाया कक्षा ८ मा भर्ना


  • 1.7K
    Shares

    • images
    पढ्न मन लागेपछि उमेरले नछेक्ने,  ४२ वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

    काठमाडौं । गोरखाको गण्डकी दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन् । उनी तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन् । 

    गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विद्यालयमै पुगेर उनलाई स्वागत गरेका छन् । सात कक्षामा पढ्दा पढ्दै विवाह भएपछि उनको पढाई स्थगित भएको थियो । 

    पढ्ने रहर हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारीका कारणले उनले आफ्नो पढाइलाई अगाडि बढाउन सकेकी थिइनन् तर अहिले आएर उनी ४२ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएकी छिन् । उनका दुई छोराहरू स्नातक तहको अध्ययन गर्दै छन् । 

    विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाले पढ्न मन लागेपछि उमेर नछेक्ने भन्ने उदाहरणको रूपमा उनी रहेको बताएका छन् । 

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १२:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij