Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२ दिनदेखि बेपत्ता थिए २० वर्षिय टन्डन, खाल्डोमा मोटरसाइकल सहित मृत भेटिए

२ दिनदेखि बेपत्ता थिए २० वर्षिय टन्डन, खाल्डोमा मोटरसाइकल सहित मृत भेटिए


  • 2.5K
    Shares

    • images
    २ दिनदेखि बेपत्ता थिए २० वर्षिय टन्डन, खाल्डोमा मोटरसाइकल सहित मृत भेटिए

    बुटवल । रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन दुई दिनदेखि बेपत्ता थिए । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए ।

    उनको परिवारले टन्डनको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो ।

    खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका-११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित फेला परे । प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ। प्रहरीका अनुसार हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् ।

    रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइकाउँदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टन्डनको शव र उनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सोमबार बिहान फेला परेको बताए ।

    ‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिनुभएको रहेछ,’ डीएसपी रानाले भने, ‘राति दुई बजेटेको समयमा तीव्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १२:०९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij