२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाएका छन्।
सांसद शाहीले तीनकुने घटनामा मानव अधिकारको चरम उल्लंघन भएको दाबी गरेका छन्। सरकारले राज्य आतंक अत्याधिक रूपमा प्रयोग गरिरहेको छ,’ शाहीले भन्छन् , ‘४० दिनदेखि रविन्द्र मिश्रसहितका अन्य थुनामा रहेका छन्।’
तीनकुनेमा भएको घटनामा राज्य र विभिन्न मानव अधिकार संगठनहरूले नै मानव अधिकार उल्लंघन गरेको आरोप लगाएका हुन।
पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति गठन गर्ने सरकार सविन महर्जनलाई टाउकोमा गोली हानी मारिएपछि किन मौन छरु’, शाहीको प्रश्न थियो। महर्जनको मृत्युबारे न्यायिक छानबिन समिति तत्काल गठन गर्नुपर्ने माग गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij