Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कार बिजुलीको पोलमा ठोक्किदा ३ जना घाइते

कार बिजुलीको पोलमा ठोक्किदा ३ जना घाइते


  • 1.6K
    Shares

    • images
    कार  बिजुलीको पोलमा ठोक्किदा ३ जना घाइते

    काठमाडौं । ललितपुरमा गएराति ११ बजेतिर कार बिजुलीको पोलमा ठोक्किएको छ ।  चालकले मापसे गरेर चलाएको कार पोलमा ठोक्किएको हो । 

    ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कार बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । 

    कार चालक ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उनले मापसे गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीले  बताएका छन् । 

    दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् भने उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ११:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij