Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

८ क्लास फेल भनेपनि केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन: राधिका शाक्य

८ क्लास फेल भनेपनि केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन: राधिका शाक्य


  • 3.6K
    Shares

    • images
    ८ क्लास फेल भनेपनि केपी सरको ज्ञानसामु मेरा दुई वटा डिग्री केही होइन: राधिका शाक्य

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् ।

    शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएँ भनेर खुशी हुनेहरुको आफ्नै भविष्य अन्धकार हुने उनले चेतावनी दिइन् ।

    शाक्यले भनिन्, मैले दुईवटा विषयमा मास्टर्स गरेको छु । अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ । म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ । तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन । उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ । जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ । तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो । उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो ।

    उहाँले सबैलाई पढ्नुपर्छ भनेर प्रेरणा पनि दिनुहुन्छ । तर, उहाँले प्रमाणपत्र लिने काम किन गर्नुभएन भने प्रमाणपत्र लिएर कुनै संस्थाको हाकिम बनुँला भन्ने थिएन । एउटा त जेलबाट छुटिन्छ कि छुटिन्न भन्ने नै टुंगो थिएन र छुटिहाले पनि हाकिम भएर राम्रो जिन्दगी बाँच्ने कहिले पनि सोच्नुभएन भन्ने लाग्छ । उहाँको दिमागमा जेलमा बस्दा होस् जेलबाट बाहिर आएपछि होस्, जुनसुकै बेलामा पनि देश र जनताबाहेक अरु केही पनि भएको मैले महसुस गरिनँ ।

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ०७:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij