Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेक्युरिटी प्रिन्टिङ खरिदमा ४० करोड भ्रष्टाचार भएको ठहर, विकल पौडेललाई २ वर्ष कैद

सेक्युरिटी प्रिन्टिङ खरिदमा ४० करोड भ्रष्टाचार भएको ठहर, विकल पौडेललाई २ वर्ष कैद


  • 1.5K
    Shares

    • images
    सेक्युरिटी प्रिन्टिङ खरिदमा ४० करोड भ्रष्टाचार भएको ठहर, विकल पौडेललाई २ वर्ष कैद

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिदमा ४० करोड ७५ लाख ५७ हजार रूपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त भ्रष्टाचारमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ३ जना दोषी ठहर भएका छन्।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले विकललाई यस भ्रष्टाचार प्रकरणमा मुख्य दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय तोकेको छ। उनी उक्त सार्वजनिक निकायका प्रमुख भएकाले थप ६ महिना कैद हुने फैसला पनि विशेषले सुनाएको छ। उनलाई दामासाहीले हुने १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि तोकिएको छ।

    विकलले नेपाल सरकारसँग दुई छुट्टाछुट्टै कार्यक्रम (कार्ड र पेपरसम्बन्धी) सञ्चालन गर्न अलग-अलग प्रिन्टिङ मेसिन खरिदको लागि बजेट माग गरेको, खरिद योजना पनि बनाएको तर पछि दुवैलाई एउटै प्याकेजमा गाभेर ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको विशेषको फैसलामा उल्लेख छ। 

    दुवै योजनामा गरी ७६ करोड रूपैयाँ विनियोजन भएकोमा विकलले खरिद प्रक्रियाका प्रत्येक चरणमा इमान्दारिता, जवाफदेहिता र कानुनको परिपालना नगरी बदनियतपूर्वक काम गरेको पाइएको विशेष अदालतले भनेको छ। 

    यस्तै प्याक्स इन्टरनेसनल प्रालि र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन पनि यसमा दोषी ठहर भएका छन्। अकबरले विकलसँग मिलेमतो गरी आफू स्वयं र श्रीमतीको नाममा दर्ता रहेको कम्पनीमार्फत स्पेसिफिकेसन र दरभाउ उपलब्ध गराई उक्त खरिद कार्य आफ्नो कम्पनी मार्फत गर्न गराउनका लागि सम्पूर्ण कार्य गरेको देखिएको फैसलामा उल्लेख छ।

    म्याक्स इन्टरनेसनल र उनको कम्पनी अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल गर्न अदालतले भनेको छ। अकबरलाई मुख्य प्रतिवादी विकल पौडेललाई ठहर भएसरहकै १ वर्ष ६ महिना कैद पनि अदालतले तोकेको छ।

    विकल पौडेल, म्याक्स इन्टरनेसनल र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रूपैयाँ क्षतिपूर्ति शुल्कवापत पीडित राहत कोषमा दाखिला गर्नुपर्नेछ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - २०:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij