Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • 2.2K
    Shares

    रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए। दुर्गा प्रसाई भने त्यसको एक महिनापछि वैशाख १५ गते मात्र पक्राउ परेका थिए।

    उनी तीनकुनेमा राजा फर्काउने भनेर गरिएको प्रदर्शनका ‘जनकमान्डर’ तोकिएका थिए। उनले प्रहरीमाथि नै गाडी चलाउन खोजेका थिए। मिश्र पनि उक्त कार्यक्रममा पुगेर भिडलाई उकास्ने काम गरेको भिडिओमा देखिएको थियो।

    उक्त समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधनलगायत सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

    उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

    दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत दुई दर्जनमाथि राज्यविरुद्धको कसुरमा मुद्दा पनि चलाउने तयारी छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १९:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij