Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ओली भेट्न सिंहदरबार पुगे प्रचण्ड र वर्षमान, के बिषयमा हुँदैछ छलफल ?

ओली भेट्न सिंहदरबार पुगे प्रचण्ड र वर्षमान, के बिषयमा हुँदैछ छलफल ?


  • 3.0K
    Shares

    • images
    ओली भेट्न सिंहदरबार पुगे प्रचण्ड र वर्षमान, के बिषयमा हुँदैछ छलफल ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भइरहेको हाे।

    छलफल शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डले माओवादी उपमहासचिव वर्षमान पुनलाई लिएर गएका छन्। बैठकमा नेकपा (एमाले) का नेता अग्नि खरेल सहभागी छन्।

    सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ। तर, प्रमुख तीन दलबीच आयोगका पदाधिकारीबारे सहमति जुट्न सकेको छैन।

    यसअघि वैशाख १८ गते आयोगबारे सहमति जुटाउन तीन दलबीच बैठक बोलाइए पनि प्रचण्ड सहभागी भएनन्।

    प्रधानमन्त्री ओलीले सिंहदरबारमा बोलाएको बैठकमा  प्रचण्ड नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो।

    आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएका थिए।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १७:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij