Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ

छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ


  • 2.6K
    Shares

    • images
    छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ

    काठमाडौं । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा गर्ने गरेको खुलेको हो ।

    सापकोटाले छात्रालाई आर्थिक प्रलोभनसँगै आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । बालिकाको पारिवारिक चिनजानसमेत भएका सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।

    बालिकाका अनुसार गत बिहीबार ब्रिजकोर्स पढेर आफन्तको घर बस्न गएको बेला सापकोटाले पिछा गर्दै सापकोटा सोही घरसम्म पुगेका थिए । आफन्तको घरमा कोही नहुँदा आफ्नो पिछा गरी शिक्षक आएको थाहा पाएपछि ४५ मिनेटसम्म शौचालयमा लुकेर आफूलाई जोगाएको बालिकाले प्रहरीसँग बताएकी छिन् ।

    अति हैरानी दिएपछि बालिकाले परिवारलाई सुनाएकी थिइन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर अपराधमा जाहेरी दर्ता गरेका हुन् ।

    बलिकाले दिएको जाहेरीको आधारमा आरोपी सहायक प्रधानाध्यापक सापकोटालाई गत बिहीबार हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी राजन खनालले जाहेरीपछि शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

    सहायक प्रधानाध्यापक सापकोटा चितवनको उत्कृष्ट विद्यालयमा पर्ने नारायणी नमुना माध्यामिक विद्यालय भरतपुरको आजबाट सुरु भएको कक्षा १२ का परीक्षाको केन्द्राध्यक्ष समेत रहेका थिए ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १५:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij