Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षक आन्दोलन

सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर गरे काम

सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर गरे काम


  • 1.4K
    Shares

    सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर गरे काम

    काठमाडौं । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्। 

    नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन घोषणा गरेअनुसार आज विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका हुन्।  ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने भन्ने थियो।

    विद्यालय कर्मचारीहरूले तोकेबमोजिम भनेको कति हो भनेर प्रश्न गरेका छन्। यसअघि आन्दोलनका क्रममा महासङ्घले विद्यालय कर्मचारीको तलब निजामती कर्मचारी सरह  (नासु–खरिदार) हुनुपर्ने माग गरेको थियो । तर, सहमति गर्दा भने त्यो विषय संशोधन गर्दै सरकारले तोकेबमोजिम हुने भनेर उल्लेख गरिएको थियो । 

    परिषद्ले उक्त विषयमा आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ। सोहीअनुसार आजदेखि आन्दोलनको सुरुवात गरेका हुन्।  परिषद् अध्यक्ष गंगाराम तिवारीले महासङ्घले विद्यालय कर्मचारीलाई धोका दिएको बताएका छन् ।

    उनले विगतमा सरकारले आफूसँग गरेको सहमतिअनुसार माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।  परिषद्ले जेठ ९ र १० गते माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेको छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १३:४८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij