Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नारायणी अस्पतालको आकस्मिक कक्ष भवनमा पौने २ करोड भ्रष्टाचार- तत्कालीन मेसुसहित ९ जनामाथि मुद्दा

नारायणी अस्पतालको आकस्मिक कक्ष भवनमा पौने २ करोड भ्रष्टाचार- तत्कालीन मेसुसहित ९ जनामाथि मुद्दा


  • 1.6K
    Shares

    • images
    नारायणी अस्पतालको आकस्मिक कक्ष भवनमा पौने २ करोड भ्रष्टाचार- तत्कालीन मेसुसहित ९ जनामाथि मुद्दा

    काठमाडौं । नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचारमा संलग्न ९ जना र ठेकेदार कम्पनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले प्रतिवादीसँग १ करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।

    अन्य प्रतिवादीमा शहरी विकास तथा भवन कार्यकलय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका नासु शुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझी, मूल्यांक समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, ठेकेदार कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देश तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जेभी छन् ।

    अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनुपर्ने काममा ठेकेदारसँगको मिलेमतोमा एकमात्र प्रतिस्पर्धी लक्षित गरी ठेक्का सम्झौता गरिएको पाइएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १३:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij