२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन् ।
१९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए । मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए ।
परीक्षा दिनेहरूमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij