Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एक युवकलाई अपहरण गरेको आरोपमा १ नाबालकसहित ४ जना पक्राउ

एक युवकलाई अपहरण गरेको आरोपमा १ नाबालकसहित ४ जना पक्राउ


  • 988
    Shares

    एक  युवकलाई अपहरण गरेको आरोपमा १ नाबालकसहित ४ जना पक्राउ

    काठमाडौं । एक युवकलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक नाबालकसहित चार जनालाई पक्राउ गरेको छ।  

    अपहरण तथा शरीर बन्धक आरोपमा उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गएको मंगलबार राति बाराको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साह अवहरणमा परेका थिए।  

    जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टका अनुसार पक्राउ पर्नेमा वीरगन्जको मुरलीका २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, पर्साकै सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक छन्।

    साहलाई अपहरणपछि उनीहरुले फिरौती माग गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। वीरगन्ज महानगरपालिका–१२ मुरलीको एक घरबाट अपहृत साहलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। 

    उनीहरुलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - ११:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij